मेरो नेपाल

तिम्रा गहिरा गहिरा नयनमा, फेवाताल देखिन्छ
त्यो फेवाताल भित्र, माछापुछ्रे हिमाल देखिन्छ
म गहिरिएर हेर्ने मान्छे , भएर हो कि प्रिये ,
हरेक गाउ अनि बस्ति भित्र, नेपाल देखिन्छ !!!


 

Advertisements

प्रेमका भिन्न अर्थहरू

मुक्तक ब्लग

म हुँदा शुन्य अनि गन्तव्यहीन, ति नजरमा भाउ देउ
मलाई चाहिंदैन तिम्रो महल, त्यो दिल भित्र ठाँउ देउ
छैन मलाइ केहि प्राप्तिको आशा, न छ कुनै निराशा
चाहिएन केहि,तर ,तिम्रो नाउ सित जोडिने नाउ देउ !!


View original post

कहिलेकाहीं

मुक्तक ब्लग

आइदेउ बस एक पल्ट, मारा-मार गर्न मन छ
छोडी सन्यास नै , गल्ति दुइ-चार गर्न मन छ
डुबेर ती नयन भित्र, भुल्न चाहन्छु संसारै यो ,
तिम्रै प्रेममा भई लाचार, हद-पार गर्न मन छ !!


View original post

हराएकी केटी

मुक्तक ब्लग

छोटो जीवनको लामो यात्रा तय गर्दैछु
तिम्रा शब्द अनि यादहरु संचय गर्दैछु
धेरैले भनेपछि बेकार अनि घमण्डी,
जीवनको सार खोज्ने निश्चय गर्दैछु !!


View original post

किन ?

मुक्तक ब्लग

बाँधेर मन-भित्र रहस्यका ती पोका
आज गर्यौ घात, अनि दियौ धोका
पहिले त निम्त्यायौ बस्न दिलभित्र
र अन्त्यमा हुलिदियौ झ्याल-ढोका !!


View original post

अचेल

मुक्तक ब्लग

कसको मन आखिर, चोखो हुन्छ अचेल
सामिप्यता एकमात्र, धोको हुन्छ अचेल
अधरहरु जति सुकै मुस्कुराए पनि ,
भित्रि मन मनुस्यको, रोको हुन्छ अचेल !!


View original post

मुस्कुराउनुस

मुक्तक ब्लग

मेरो हराएको खुसी, केवल तिम्रो मुस्कानमा भेटिन्थ्यो
तिम्रो चेहराको उदासीनता, मेरा नयनबाट पोखिन्थ्यो
प्राण तिमी मै बस्थ्यो मेरो , म त हुन्थे ढुंगा झैं निर्जीव ,
’cause तिमी समिप हुँदा, मेरो धड्कन नै रोकिन्थ्यो   !!


View original post